गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल

सफल खबर संवाददाता

आइतबार, ११ फागुन २०८१, १५ : ५३
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल

काठमाडौँ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले वर्तमान सरकारले सुकुम्वासीहरूलाई जग्गा दिने नै हो भने खोला खोल्सा र वनको जग्गा नभई गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा दिन माग गरेका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका पौडेलले माओवादी केन्द्र समाजवादी प्रणालीमा जाने कित्ता क्लियर रहेको बताए ।  ‘उत्पीडित जनताको हित गर्ने समाजवाद माओवादीको कित्ता हो’, उनले अध्यादेशको प्रसंगमा भने, ‘सुकुम्वासीलाई सडक, वन र खोलाको जग्गा दिने होइन । दिने नै हो भने गिरीबन्धु टिस्टेटको जग्गा प्लटिङ गरेर दिइयोस्, छाला जुत्ताको जग्गा दिइयोस् माओवादी सहयोग गर्न तयार छ ।’

 

प्रतिक्रिया दिनुहोस