सुनसरी। सुनसरीको धरान- १५ बाट प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान- १५ की २३ वर्षीया सृजना राई, २० वर्षीया विता थापा राई र दुई जना बालिका छन् ।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति साढे १ बजे पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २०० चक्की बरामद भएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
१ सय ५ किलो गाँजासहित अटो चालक पक्राउ
नक्कली प्रहरी बनेर गरगहना लुटे, बिक्री गर्न खोज्दा प्रहरीकै फन्दामा परे
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
अवैध लागु औषधसहित ५ जना पक्राउ
माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ