काठमाडौं । अन्ततः पूर्व पञ्चहरुको राजावादी पार्टी राप्रपा र राप्रपा नेपाल दुबैका पनि नेता बनेका छन् विवादास्पद ब्यापारी दुर्गा प्रसाईं । पूर्व राजाले नै प्रसाईंलाई आफुलाई फर्काउन आन्दोलन गर्ने गरी कमाण्डर बनाउन जिम्मा लगाएपछि अन्ततः राप्रपा र राप्रपा नेपालका पनि नेता बनेका हुन्, दुर्गा प्रसाई ।
आफुलाई जन्मजात कटटर राजावादी बताउने पूर्व पञ्चहरुका पार्टी नेता नै प्रसाईलाई आन्दोलन परिचालनको कमाण्डर बनाएर अगाडी बढ्नुपर्ने स्थिती आएपछि राजावादीहरुमा छट्पटी मच्चिएको छ ।
८६ वर्षिय नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाएको राजावादी समुहले प्रसाईंलाई कमाण्डर तोकेपछि भित्रभित्र मुरमुरिएरै भएपनि राप्रपा र राप्रपा नेपालले प्रसाईंलाई नेता मानेर हिडन तयार भएका छन् ।
यधपी यसले राजावादीहरुभित्रै असन्तुष्टिको आगो भने सल्केको छ । राजावादी पार्टी राप्रपामा प्रष्ट विभाजन देखिएको छ । राप्रपा नेताहरु धबलशम्शेर जवरा, प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुको एउटा कित्ता सुवेदी र प्रसाईंलाई नेता मानेर अगाडी जा नतायर देखिएका छन् । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा भने भित्र वेचनीमा रहेरै भएपनि प्रसाईंले घोषणा गर्ने कार्यक्रममा समर्थन गर्ने तर नेता नमान्ने बताईरहेका छन् । जसले राजावादी पूर्वपञ्चहरुको पार्टी राप्रपा र राप्रपा नेपालमा भित्रभित्र भाँडभैलो देखिएको छ ।
राप्रपाले आफनो नेतृत्वमा भने चैत २६ गते बागमती स्तरीय प्रर्दशन गर्ने गरी कार्यक्रम बनाएको छ । आजको कार्यक्रम भने प्रसाईले बनाएका हुन् । दुबैलाई एक अर्काको सहयोग चाहिने र मान्छे देखाउनु पर्ने देखेपछि असन्तुष्ट भएपनि एक अर्कालाई सहयोग गर्ने नीति बनाउन लागिएको राप्रपाका नेता बुद्दिमान तामाङको भनाई छ ।
सुवेदीले प्रसाईंलाई बिहिबारको एक कार्यक्रममार्फत कमाण्डर तोकेका हुन् । प्रसाईंलाई कमाण्डर तोक्ुन अगाडी दुवैले पूर्व राजा ज्ञानेन्द्रसँग अलग अलग भेट गरेका थिए । निर्माल निवासमा ज्ञानेन्द्रसँग भेट गरेर फर्केपछि सुवेदीले प्रसाईंलाई आन्दोलनको कमाण्डर तोकेका हुन् । त्यसपछि भने राप्रपा र राप्रपा नेपालमा खैलाबैला मच्चिएको हो ।
‘नमानु पूर्व राजाले नै अगाडी बढाएको देखिन्छ, मानौं, राप्रपा र राप्रपा नेपाललाई प्रसाईंले ढोक्सा थाप्न आएको जस्तो आरोप लगाईरहेका छन्, ’ राप्रपाका एक पदाधिकारीले सफलखबरसँग भने, ‘राजाले नै प्रसाईंजस्तो ब्यक्तिको काँधमा चढ्न खोजेपछि आन्दोलन केही दिनको रिमझिम हुने मात्र देखियो । यो पूर्व राजाकै लागि पनि प्रत्युत्पादक बन्नेछ ।’
प्रसाईंले राप्रपा र राप्रपा नेपालका नेताहरुलाई ‘हलि’सँग तुलना समेत गर्ने गरेका छन् । ‘म राजासँगै मिलेर काम गर्न चाहन्छु, हलीसँग मिलेर सडक आन्दोलनमा किमार्थ जान्नँ, म कसैको हलीहरूसँग सहकार्य गर्न किमार्थ तयार रहँदिनँ। सबैलाई चेतना भया,’ प्रसाईंले केही दिन अगाडी एक पत्रकार सम्मेलनमा राप्रपा र राप्रपा नेपालका नेताहरुलाई आफु नेता रहेको भन्दै भनेका थिए, ‘आजको राजसंस्थाविहीन जर्जर नेपाल यसै बनेको होइन। २०७२ सालमा संविधान घोषणा हुने बेला राप्रपाका दुई नेताहरू कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए आज हाम्रो सनातन धर्म मासेर धर्मनिरपेक्ष राज्य हुने थिएन, राजादेखि माओवादीसम्म अट्ने व्यवस्था हुने थियो।’
राप्रपा र राप्रपा नेपालका नेताहरुलाई मञ्चमै राखेर प्रसाईंले ठेगान लाग्ने गरी कटाक्ष र आरोप लगाईरहँदा पनि दुवै पार्टीका नेताहरु निरिह बनेर बस्नुपर्ने अवस्था आएको छ । ‘प्रसाईं जीले आफै आफनो विवादास्पद छबि हेर्नु छैन, हामीमाथी आरोप लगाउनु हुन्छ । तैपनि हामी मञ्चमै बसेर पनि टुलुटुलु हेरेर बस्नुपर्ने निरिह अवस्था जन्मिएको छ, यस्तो दासताबाट आन्दोलनले कसरी पार लाग्ला ? राजाले पनि कसरी आफु पूर्नस्थापित हुने सोचेका होलान् ? विचरणणिय विषय छ, ’ राप्रपाका एक पदाधिकारी बताउँछन् ।
प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोकेपछि असन्तुष्टी ब्यक्त गदैं राप्रपाका ती पदाधिकारीले सफलखबरसँग भने, ‘पार्टीहरूलाई पाखा लगाउनका लागि यो प्रपञ्च रचिएको हो कि भन्ने हाम्रो आशंकामा बल पुगेको छ । यो निर्णय सही होइन भन्नेमा आमपार्टीपंक्ति सहमत छ ।’
सतहमा उग्र विवादमा नदेखिएपनि यसले राप्रपा र राप्रपा नेपालभित्रै भाडभैलो निम्ताउने भने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र धवलशमशेरलाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम
राप्रपाको कार्यसम्पादन समितिको बैठक सुरु
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको प्रदर्शन
राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै