काठमाडौँ । अनलाइन जुवा (सट्टाबाजी) खेलाएको आरोपमा प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत राजस्थान प्रदेश जयपुर घर भएका हाल बुढानिलकण्ठ नगरपालिका बस्ने २४ वर्षीय सनी मिनासमेत ११ जना भारतीय नागरिकहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलस्थित घर भाडामा लिई अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिम कार्ड ४० थान समेत बरामद गरेको छ । साथै उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुने गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रुपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेकाहरूलाई उपर जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक झापामा पक्राउ
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
राप्रपा नेता रविन्द्र मिश्र र धवल शम्सेर जबरा पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ
१ सय ५ किलो गाँजासहित अटो चालक पक्राउ