जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, १२ : ४४
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस