काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा चियापान कार्यक्रम राखेका छन् । बुधबार बिहान ८ देखि साढे १० बजेसम्म देउवाले नगरपालिकाका मेयर र उपमेयरको लागि चियापान कार्यक्रम राखेका हुन् ।
चियापानमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ ।
‘मेयर उपमेयर काठमाडौंमा आउनु भएकोले उहाँसँग छलफल र संवादसँगै चियापानको कार्यक्रम पनि राखिएको हो,’ देउवाको सचिवालयले भन्यो, ‘चियापानमा सरकारमा सहभागी भएका कांग्रेसका मन्त्री र केही नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
चियापानमा कांग्रेस नेता डा. शेखर कोइराला पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा