काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले देशको अवस्था र समग्र शिक्षामा आमूल परिवर्तन गर्न यो घटनाबाट शिक्षा लिनुपर्नेमा जोड दिए ।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरण र अन्य विद्यार्थीमाथि भारतीय पक्षले गरेको दुर्व्यवहार रोक्न भइरहेको कूटनीतिक पहलबारे निरन्तर सदनलाई जानकारी गराउन लिङ्देनले माग गरे ।
‘भारतको उडिसास्थित त्यो एउटा कलेजमा मात्रै हजारौँ विद्यार्थी छन् भने हाम्रो देशको अवस्था के छ ? अन्य कलेमा त्यसरी जाने विद्यार्थी कति होला ? यसबाट बुझ्नु पर्यो कि देशमा शैक्षिक वातावरण ठिक छैन ।
देशको शिक्षा गरिखाने खालको छैन । देशको शैक्षिक भविष्य ठिक छैन । यसबाट पाठ सिकेर शिक्षामा आमूल परिवर्तन हुनुपर्यो । देशको अवस्था ठिक छैन मात्र होइन छिमेकीहरूले हामीलाई हेर्ने अवस्थासमेत ठिक छैन भन्ने कुरा यसबाट प्रमाणित हुन्छ’, उनले भने ।
यस्तै सरकारले फेसबुक, एक्समा लगायत सामाजिक सञ्जालमा वक्तव्यमात्र निकालेर नहुने भन्दै उनले परराष्ट्रमन्त्री वा सम्बन्धी व्यक्तिबाट संसद्लाई नियमित अपडेट गराइराख्न सरकारसमक्ष आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन
विपदको क्षति न्युन गर्न सरकार चुक्यो: राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
संसद्मा गणितमात्र सत्य होइन : राजेन्द्र लिङ्देन
राप्रपाले ओलीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन : अध्यक्ष लिङ्देन
विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङ्देनको आग्रह