विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक: लिङ्देन

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १२ : ५२
विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक: लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् ।

मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न नसकिएपनि क्षति न्यून गर्न भने सकिने अवस्था हुँदाहुँदै पनि सरकार चुकेको लिङ्देनको आरोप छ ,।

‘मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो’, उनको भनाइ छ, ‘यो विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन् आपत्तिजनक छन्।’

अविरल वर्षासँगैको बाढी पहिरोबाट देशभर २१७ जनाको मृत्यु भएको छ भने अझै कैयन बेपत्ता छन् । 

प्रतिक्रिया दिनुहोस