काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको आजै दिउँसो बोलकबोल हुन लागेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाको लागि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् ब्याजदर र कबोल रकम पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।यो उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २८ गते हुनेछ ।
यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने उल्लेख गरिएको छ । यो उपकरण केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बोलकबोल बहुब्याजदर प्रणालीमा पनि गर्न सकिनेछ ।
यो निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन