काठमाडौँ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले बुधवार पनि २० अर्ब रुपैयाँ तान्न लागेको हो । २५ गते सोमवार मात्रै राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तानेको थियो ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पछिल्लो केही दिन देखि नियमित रुपमा बजारबाट पैसा तान्दै आएको छ ।
निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप सङ्कलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा १९ बुँदे निर्देशन जारी
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक