काठमाडौं । नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले विकासका कार्यमा अन्तर मन्त्रालय समन्वय नभएको टिप्पणी गरेकी छन् । ३० माघमा बबरमहलमा मेलम्चीबाट ल्याइएको पानीको पाइप फुटेको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको थियो ।
सांसद गौतमले सोही विषयलाई आइतबार प्रतिनिधि सभाको बैठकमा उठाएकी हुन् । ‘मुलुककै प्रशासनिक केन्द्रको मुटुको यस्तो घटना हुनु केवल एउटा पाइप फुट्ने विषय मात्र होइन, हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभावको ज्वलन्त उदाहरण हो,’ गौतमले भनिन् ।
सडक विभागले बाटो बनाउने, खानेपानी विभागले ढल खन्ने, विद्युत प्राधिकरणले पोल गाड्ने क्रममा एकले अर्कासँग समन्वय नगर्ने परिपाटी रहेको उनले बताइन् । तीन तहका सरकारबीच समन्वयका लागि अन्तरसरकार समन्वय ऐन २०७७ उल्लेख गर्दै गौतमले अन्तरमन्त्रालय समन्वयको कानुनी आवश्यकता रहेको बताइन् ।
‘कानुनी दायरा सहितको प्रभावकारी संरचना निर्माण प्रणाली आवश्यक छ। दोषारोपण गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्छ,’ गौतमले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम
उपसभामुखको पद दुरुपयोग भएको हो : सांसद गौतम