काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो ।
३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए । पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यतिबेलै मृत्यु भएको थियो । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ