काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिलेन्द्र प्रसाद बडूले पोखरा घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले यो घटना कसरी र कसको कमजोरीले भयो भन्ने प्रश्न उठाउँदै छानबिनको माग गरेका हुन् ।
यस्तै दामोदर पौडेल बैरागीले पनि पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरे ।
शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । यस्तै जनमोर्चाका अध्यष चित्रबहादुर केसीले पनि उनीहरुको स्वास्थ्य लाभको कामना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : ४८
लेखकबाट थप