किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरूलाई संयुक्त सेना बनाउन अपिल गरेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा आफ्नो सम्बोधनमा जेलेन्स्की अमेरिकाले युरोपका मुद्दाहरूलाई अस्वीकार गर्न सक्ने र यसो भयो भने यसले युरोपको सुरक्षामा गम्भीर खतरा निम्तने आशङ्का उनले व्यक्त गरे ।
रुसले यसै गर्मीमा युरोपमाथि आक्रमण गर्ने तयारी गरिरहेको आफूले आफ्नो गुप्तचर निकायबाट थाहा पाएको जेलेन्स्कीले दाबी गरेका थिए ।‘मलाई विश्वास छ कि युरोपले आफ्नै सशस्त्र सेना सिर्जना गर्ने समय आएको छ ।
इमानदार भएर भन्नुपर्दा, अब हामीहरूले यो कुरालाई अस्वीकार गर्न सक्दैनौँ कि अमेरिकाले युरोपलाई खतरा निम्त्याउन सक्ने मुद्दाहरूमा होइन भन्न सक्छ’ युक्रेनी राष्ट्रपतिले भने ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार युरोपले एकताबद्ध भएर साझा विदेश तथा रक्षा नीति बनाउनु आवश्यक रहेको जेलेन्स्कीले जोड दिएका छन् । यसले अमेरिकालाई पनि युरोप आफ्नो सुरक्षाप्रति गम्भीर छ भनेर देखाउने उनको भनाइ थियो ।
पुटिनले आफ्नो सशस्त्र सेनामा डेढ लाख थप्दै गरेको दाबी जेलेन्स्कीले गरेका थिए । रुसमा हरेक हप्ता सेना भर्ती कार्यालयहरू खोलिएको पनि उनले बताए । रुसले यही गर्मी याममा प्रशिक्षण अभ्यासको बहानामा बेलारुसमा सेना पठाउने योजना बनाएको उनको भनाइ थियो ।
यो युरोपेली देशहरू विरुद्धको अभियानको सुरुवात हुनसक्ने पनि उनले बताए । नेटोको सैन्य समितिका अध्यक्ष एडमिरल गिउसेप्पे काभो ड्र्यागोनले भने आफूसँग यसबारे पुष्ट जानकारी नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप
युक्रेनबारे रुस-अमेरिका वार्ता भएको थाहा पाउँदा आश्चर्य लाग्यो: जेलेन्स्की
पुटिनलाई भन्दा मोदीलाई शान्ति मनपर्छ : जेलेन्स्की
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राखे शर्त
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ
जेलेन्स्कीले भने, ‘मस्को आक्रमणको लागि पुटिन युक्रेनलाई दोष दिन चाहन्छन्’