हेटौंडा। हेटौंडामा दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ–याङस्थित पूर्व–पश्चिम सडक खण्डमा शुक्रबार राति करिब ८ बजे दुर्घटना भएको हो । ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
रातिको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका–६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ