काठमाडौँ । सत्ता पक्षीय दलको बैठक शनिबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयले बैठकको मिति तय भएको जानकारी दिँदै अध्यादेशलगायतका विषयमा छलफल हुने जनाएको छ ।
यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो। सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
समाजवादी मोर्चाको बैठक सकियो
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
संसद् बैठक अझै बस्न सकेन