काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् ।
शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी दिए ।
प्रमुख सचेतकहरूको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने जानकारी गराएको सभामुख घिमिरेको सचिवाले जानकारी दिएको छ । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको पनि बर्तौलाले जानकारी गराएका थिए ।
बैठकमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको थियो । विपक्षी दलहरूले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएका थिए । बैठकमा सभामुख घिमिरेले शुक्रबार भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन विपक्षी दलहरूलाई आग्रह गरेका थिए ।
उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल समेत गरे । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध उचित नहुने उनको भनाइ रहेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
थाइल्याण्ड भ्रमण अत्यन्त सफल र फलदायी रह्यो: प्रधानमन्त्री ओली