काठमाडौँ । उच्च अदालत बुटवलले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी जोशीलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसविरुद्ध अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
छविलाल जोशी अस्पताल भर्ना
छविलाई बयानका लागि चितवन ल्याइयो
छविलाल जोशीलाई काठमाडौं ल्याइयो
छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति