काठमाडौं । सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । छातीमा गाह्रो भएको सिकायतपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले भने, ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’
एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रवक्ता शर्माका अनुसार अस्ति अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको थियो भने हिजो चिकित्सकले अस्पतालमै आएर चेक गरेका थिए ।‘चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिनुभएको थियो, तर उहाँले मान्नु भएन,’ शर्माले भने ।
लामिछानेलाई भेटेका रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले सभापति लामिछानेको स्वास्थ्य अवस्थाबारे चौतर्फीरुपमा चासो र चिन्ता व्यक्त भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएको बताए ।
उनले भने, ‘दबाब परेपछि प्रहरीले स्वास्थ्य परीक्षण गरायो । उहाँको प्रेसर अहिले पनि हाइ छ । तर, अस्पताल बस्दिनँ भन्नुभयो । धपेडी र मानसिक तनावले प्रेसर बढेको भएपछि हिरासतमै बस्छु भन्नुभएको छ ।’
रविले विगतमा हिरासत छल्न भीआइपीहरु अस्पताल बस्ने प्रवृत्तिको विरोध गर्ने गरेका थिए । उनी गृह मन्त्री हुँदा हिरासत छल्ने प्रवृत्ति अन्त्यका लागि तीन बुँदे निर्देशनसमेत जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छविलाई बयानका लागि चितवन ल्याइयो
छविलाल जोशीलाई काठमाडौं ल्याइयो
छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
सर्वोच्चद्वारा पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज
छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन