काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका जोशीलाई बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो ।
केही दिनअघि जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
यसअघि सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा जोशीलाई बयानका लागि रूपन्देही लगिएको थियो । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा कुमार रम्तेलको बयानपछि जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको हो । रम्तेललाई भने पोखरा फिर्ता गरिसकिएको छ ।
सोही प्रकरणमा कास्की हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
छविलाल जोशी अस्पताल भर्ना
छविलाई बयानका लागि चितवन ल्याइयो
छविलाल जोशीलाई काठमाडौं ल्याइयो
छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति