बुटवल । आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको घरमै आगो ताप्दै गर्दा अचानक जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आएका थिए। घटनाको बारेमा गिरीका भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
भिरबाट लडेर २ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु