काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
यही माघ २४ गते बिहान ग्यास सिलिन्डर बिस्फोट भएर मम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका थिए।
आगलागीमा गम्भीर घाइते भएर काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
मृत्यु हुनेमा हेटौँडा स्थायी घर भइ काठमाडौँ- २८ कमलपोखरी बस्ने वर्ष १८ का रविन राई र भीमबहादुर घले रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
घाइते नौ जनाको हाल कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।
कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको सानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको प्रहरीकाे भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
मकवानपुरमा बस र म्याजिक ठोकिँदा एक चालकको मृत्यु, अर्का पक्राउ
मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
घाँस काट्न रुख चढेका पुरुषको लडेर मृत्यु
एसईई दिइरहेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु