सल्यान । सल्यानको शारदा नगरपालिका श्रीनगर बजारमा जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी भएको छ। गएराति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार माघ १८ गतेबाट जारी महोत्सवमा शनिबार राति आगलागी हुँला ८० वटा स्टल जलेर नष्ट भएका छन्।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले महोत्सवको आयोजना गरेको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सहयोगमा आगोलाई नियन्त्रणमा लिइसकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोहलपुरमा फेन्सी पसलमा आगलागी
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति
अछामको जयगढ बजारमा भीषण आगलागी