सुनसरी । सुनसरीको कोशी गाउँपालिका(६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
लामखुट्टे धपाउन बालेको आगो (घुरा)बाट घरमा आगो सल्किँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएका छन्। जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले जानकारी दिए।
बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको हो।
आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ। त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।
स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति
अछामको जयगढ बजारमा भीषण आगलागी
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालको ल्याबमा आगलागी
काठमाडौंको कलंकीमा आगलागी