कोहलपुरमा फेन्सी पसलमा आगलागी

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, ०९ : ५५
कोहलपुरमा फेन्सी पसलमा आगलागी

बुटवल ।  बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर  ११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको  छ।

बिहान साँढे ७ बजेतिर  मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगोलागी भएको  हो ।

आगोलागीकाे कारण अझै खुलेको छैन। तर विद्युत् सर्ट भएर  आगोलागी भएको अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको बताए।

उनले बाहिरबाट हेर्दा  करिब १५ लाख क्षति भएको अनुमान गर्न सकिने तर भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको विवरण खुल्ने बताए।

प्रतिक्रिया दिनुहोस