काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागि हुन थाइल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।
मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकोले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन् ।
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) मा सहभागी हुन मंगबलार प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह
मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह