काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउने बजेट नागरिकले महसुस गर्ने गरी विकासको खाकासहित आउने बताएका छन् । भोजपुरको सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले अबको बजेटमा स्रोत सुनिश्चित भएका योजना समेटेर ल्याउने तयारी भइरहेको जानकारी दिए ।
सिंहले भने– ‘आउने बजेटमा भएको स्रोत साधन परिणाममुखी हुने गरी,नागरिकले महसुस गर्ने गरी विकास निर्माणको काम गर्ने गरी सरकार अघि बढिरहेको छ । अधिकार प्राप्त भएको छ । अधिकारसँगै हाम्रो जिम्मेवारी के हो भन्ने कुरामा विशेष ध्यान दिँदा समाजमा परिवर्तन ल्याउन सकिन्छ ।’
उपप्रधानमन्त्री सिंहले सरकारले देशको समग्र विकासक्रम विधिसम्मत र व्यवहारिक रुपमा अघि बढाइरहेको बताए । सरकार राजनीतिक स्थिरताको जगमा विकास निर्माणका काम गर्न बनेको उनको भनाइ थियो । सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशीलता अपरिहार्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट