बुटवल। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारका राम्रा काम देखेर अस्थिरताका उद्यमीलाई छटपटी भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल गुल्मीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशको समसामयिक अवस्थाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले सरकार आज फेरिन्छ वा भोलि ढल्छ भन्दै प्रोपगान्डा मच्याइरहेको बताए ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले देशको निकास र विकासका लागि मुख्य दुई दल मिलेर सरकार निर्माण भएकाले असन्तुष्टि र असन्तुष्टहरू जम्मा गरेर बंगलादेशको चुनौती दिनु अराजकता रहेको टिप्पणी गरे ।उनले अहिलेको सरकार सिंहदरबारमा थप फोटो झुन्ड्याउन बनेको सरकार नभएको बताए ।
शिथिल अर्थतन्त्र चलायमान भएर राजस्व वृद्धि हुनु, निजी लगानीकर्ता उत्साहित हुनु, लामो उल्झनमा परेको संक्रमणकालीन न्यायको बाटो अगाडि बढ्नु, बाह्य सम्बन्धलाई प्रगाढ बनाउन ओली-मोदी भेट, चीन भ्रमण, बीआरआई, सहकारी समस्या समाधानका लागि भएका काम र विकासका दीर्घकालीन योजना सरकारका मुख्य उपलब्धि भएको ज्ञवालीले बताए ।
उनले प्रजातन्त्रको पुनर्स्स्थापनापछि द्वन्द्व, भूकम्प र कोरोना संकटकाबीच सरकारले थुप्रै नवीनतम काम गरेको उल्लेख गर्दै देशमा निराशाको खेती गरेर राष्ट्रको भावना कमजोर बनाउन नहुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव ज्ञवाली
ओलीमाथि रावलको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवाली
एमालेका नेता ज्ञवाली अचानक दिल्लीमा
राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन : उपमहासचिव ज्ञवाली
गृहमन्त्री लामिछानेको राजीनामा माग्नु कांग्रेसको राजनीतिक पूर्वाग्रह : एमाले
एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली