काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माणपछि मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यास गरिरहेको बताए ।
‘संविधान निर्माणपछि मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौं,’ उनले भने, ‘उनीहरूले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास राम्ररी अगाडि बढिरहेको छ ।’
नेता ज्ञवालीले क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताए । यी सबै समस्याहरूको समाधान संविधान संशोधनबाट मात्र खोज्न नहुने उनको भनाइ छ ।
‘क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ,’ उनले भने, ‘सबैकुरा संविधान संशोधनमार्फत सबै समस्याहरूको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरू पनि हामीले सुन्छौं, त्यो गलत हो भन्ने मलाई लाग्छ ।’
नेता ज्ञवालीले संविधानमा अन्तरनिहीत कतिपय कमजोरीका कारण अहिलेको समस्या देखिएको तर्क गरे ।
‘कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरू, संस्थाहरू र हाम्रा प्रवृत्तिहरूले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधन संशोधन सबै चिजको समाधान हुन सक्दैन,’ उनले भने ।
उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्बन गर्ने नीतिहरुको संगति के हुने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका राम्रा काम देखेर अस्थिरताका उद्यमीलाई छटपटी भयो : प्रदीप ज्ञवाली
ओलीमाथि रावलको आरोप प्रचण्डको कपिपेस्ट: प्रदीप ज्ञवाली
एमालेका नेता ज्ञवाली अचानक दिल्लीमा
राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन : उपमहासचिव ज्ञवाली