काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो ।
उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली , देवेन्द्र शर्मा , पार्वती नेगी , पदम नेपाली, देवकी कार्की र ममता अधिकारीको उम्मेदवारी गरेको स्रोतले बतायो ।
महासचिवमा भने सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का पदम काफ्ले, प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया, श्याम रोका तथा कोषाध्यक्ष पार्वता चौलागाई र फुलमाया राणाको उम्मेदवारी परेको छ ।
सर्भरमा समस्या देखिएकाले निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम भने सार्वजनिक गरिसकेको छैन । नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद, माघ १२ मा नेतृत्व चयन