रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन गरेका छन ।
सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक आश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनः स्थापनालाई प्राथमिकता दिने बताए।
‘कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ’ मुख्यमन्त्री आचार्यले भने, ‘कार्यविधि यसै वर्ष बनाउँछौँ।’आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उनको भनाइ छ ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ। प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट संकलन गरिएको जनाइएको छ ।
भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ । प्रदेश सरकार र मानवसेवा आश्रमको सहकार्यले सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उपप्रमुख, उद्योगी, व्यवसायी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य
वातावरणीय सन्तुलन कायम राख्न सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत
पूर्वाधार निर्माणमा ढिलासुस्तीलाई गर्न दिइँदैन : मुख्यमन्त्री आचार्य