भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, ०७ : ५५
भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित

एजेन्सी । जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव फेरि बढेको छ।

जसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चिन्तित भएका छन्।

ट्रम्पले भने, "म भारतसँग धेरै नजिक छु र म पाकिस्तानसँग पनि धेरै नजिक छु। उनीहरू हजारौँ वर्षदेखि कश्मीरका लागि लडिरहेका छन्। कश्मीर मुद्दा हजारौँ वर्षदेखि चलिरहेको छ र सायद त्योभन्दा पनि लामो समयदेखि।"

"पहलगाममा एउटा नराम्रो आक्रमण (आतंकवादी हमला) भएको थियो र त्यो सीमामा १५०० वर्षदेखि तनाव छ। यो त्यस्तै छ, तर मलाई विश्वास छ कि उनीहरूले यसलाई कुनै न कुनै रूपमा समाधान गर्नेछन्। म दुवै नेताहरूलाई चिन्छु। पाकिस्तान र भारतबीच धेरै तनाव छ," उनले भने।

प्रतिक्रिया दिनुहोस