हेटौँडा । बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन यही माघ १० गतेदेखि बस्ने तयारी रहेको छ ।
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ’, सभामुख पाठकले भने, ‘प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौँ । सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला’, उनले भने ।
गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियो भने पाँचवटा विधेयक समितिमा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस
संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी
एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु
एमाले चितवनको ११ औं जिल्ला अधिवेशन शनिवारदेखि सुरु
इमाडोलमा एमाले ललितपुरको अधिवेशन
एमाले स्याङ्जाको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने