स्याङ्जा । गएराति स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
गएराति करिब ११ बजे आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गयराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका -६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते
विद्युत् विस्तारका क्रममा घाइते दुई जनाको हवाई उद्धार