विराटनगर । कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच विराटनगरमा झडप भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई पक्षबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।
झडपमा परेर नेविसंघ सभापति सरोज पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए ।
क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहारीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १६ : ०६
लेखकबाट थप