पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०८१, १४ : ०७
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।  भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । उनको उपचारका लागि अस्पताल लगिएको छ ।  चोट सामान्य रहेको बताइएको छ ।

सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस