बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३, विच्छ्यामा विद्युत् लाइन विस्तार गर्ने क्रममा कटान गरिएको रुख लागेर गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत ल्याइएको छ।
स्थानीय स्तरमा विद्युत् सेवा विस्तार गर्न रुख कटान गर्ने क्रममा सो दुर्घटना भएको हो। गम्भीर घाइते भएका दुबैजनाको प्रारम्भिक उपचार सम्भव नभएपछि सोमबार(आज) उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी प्रदेश अस्पताल, सुर्खेत ल्याइएको नेपाली सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० मंसिर २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा पहिरोमा परी ४ जना घाइते
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
यस वर्ष चैत महिनामै पुग्यो बाजुराका विद्यालयमा पाठ्यपुस्तक
बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै