स्याङ्जा । स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मंगलबार राति पौने आठ बजे कालीगण्डकी गाउँपालिका-३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
कालीगण्डकी–३ को बिर्घा–मिर्मी सडक खण्डको भित्री सडकमा ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बाराको गढीमाई नगरपालिका-११ घर भएका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको छ।
सिरक–डसना बनाउने टली जोडिएको ट्याक्टर दुर्घटनामा परेको उनले बताए। दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन्।
घाइतेमध्ये साह र मन्सुरीको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
टिपर पल्टिँदा १ जनाको मृत्यु, ४ गम्भीर घाइते
विद्युत् विस्तारका क्रममा घाइते दुई जनाको हवाई उद्धार