काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने पार्टी बैठकमा बताएका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेताहरु सहित कांग्रेसका मन्त्रीहरुको छलफलमा मन्त्री अधिकारीले ६० अर्ब रुपैयाँ आवश्यक भएपनि २७ अर्ब विनियोजन भएको सुनाएका थिए ।
मन्त्रीको छ महिने कार्यकालमा आफूले गरेका सुधारका कार्य सुनाउने क्रममा अधिकारीले रासायनिक मल आयात गर्न रकमको अभाव हुने बताएका थिए । ‘साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ । किसानको माग ११ लाख मेट्रिक टन छ,’ मन्त्री अधिकारीले भने,‘सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको छ । किसानले चाहेजति रासायनिक मल उपलब्ध गराउन लगभग ६० अर्ब रुपैयाँ चाहिन्छ ।’
मन्त्री अधिकारीले दूध विक्री वापत बक्यौता रहेको किसानको रकम उपलब्ध गराएको विषयलाई प्रमुखताका साथ उठाएका थिए । ‘मन्त्रालय सम्हाल्दा एक वर्षको रकम दूध किसानलाई पैसा तिर्नु थियो । अहिले चार महिनामा झरेको छ,’ मन्त्री अधिकारीले पार्टी बैठकमा राखेको विषय अनलाइनखबरसँग भने, ‘दुई अर्ब रुपैयाँ किसानलाई तिर्नुपर्ने थियो । एक अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गर्यौं । बाँकीको लागि व्यवस्थापन मिलाउँदै छौं ।’
उखु किसानलाई रकम उपलब्ध गराएको कार्यलाई आफ्नो ६ महिने उपलब्धीका भएको पार्टीसँगको बैठकमा मन्त्री अधिकारीले राखेका थिए । ‘मह किसानले उत्पादन गरेको महलाई बिक्री गर्ने वातावरण गराएको कुरा राखें,’ अधिकारीले भने ।
सरकारबाट मन्त्री भएकाहरुको प्रभावकारिता र पार्टीको सुझावका लागि सभापति देउवाले शीर्ष नेतासहितको बैठक डाकेका थिए । बैठकमा शीर्ष नेता, १० मन्त्री, दुई राज्यमन्त्री सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
निर्वाचन खर्च उठाउँदै कृषि मन्त्री,अधिकारक्षेत्र भन्दा बाहिर गएर कर्मचारी सरुवा
गुणस्तरीय बीउमा किसानको पहुँच आवश्यक : कृषिमन्त्री अधिकारी
चाडपर्वमा नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न मन्त्री अधिकारीको अपिल
कृषि मन्त्री अधिकारीद्वारा आफ्नो सय दिने उपलब्धि सार्वजनिक
निजी र सरकारीले किसानको रकम भुक्तानी गर्नुपर्ने मन्त्री अधिकारीको जोड