काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना)को पाँचौं डफ्फालाई बदली गरिएको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ ।
पाँचौं डफ्फालाई श्री भगवती प्रसाद गुल्म (स्पेशल गार्ड युनिट)को छैटौं डफ्फाले बदली गरेको हो । सेनानी रमेशकुमार बञ्जराको नेतृत्वमा ५७ जनाको टोली लिविया प्रस्थान गरेको छ ।
यसैगरी उक्त मिसनमा तैनाथ पाँचौं डफ्फाका ५८ जना शान्ति सैनिकहरु प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा बुधबार स्वदेश फिर्ता भएका छन् ।हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी घाइते
दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
नेपालसहित ३३ देशद्वारा इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा