काठमाडौँ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी विष्णुपुर गाउँपालिका-७ घर भएका काठमाडौँ महानगरपालिका-३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भएका काठमाडौँ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।
पक्राउ मध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रुपैयाँ र राजेशले ८ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने खुल्न आएपश्चात् उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
लिथुआनिया पठाउने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भन्दै ठगी