काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-३ घर भएका हाल काठमाडौँ महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका घर भएका हाल काठमाडौँ नागार्जुनमा बस्दै आएको ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।
पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रुपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुनबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
युके पठाइदिने भन्दै साढे ३७ लाख ठगी
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
लिथुआनिया पठाउने भन्दै ठगी गर्ने पक्राउ