काठमाडौं । भारतविरुद्धको सिरिज ३-१ ले जित्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सकिएको पाँचौँ टेस्टमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले ३-१ को जित निकालेको हो । दोस्रो इनिङमा १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो। अस्ट्रेलियाले अब उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ।
विश्व टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आउँदो जुनमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियामा भीषण आँधी, १ जनाको मृत्यु, १३ सैनिक घाइते
अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज