यूएईविरुद्ध कप्तान नरेनको अर्धशतक पूरा

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १३ : ५२
यूएईविरुद्ध कप्तान नरेनको अर्धशतक पूरा

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत युएईविरुद्ध नेपालका कप्तान नरेन भट्टले अर्धशतक पूरा गरेका छन् । मुलपानी क्रीकेट मैदान युएईविरुद्ध नरेनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालले ३१ ओभरमा खेल सकिदा ४ विकेट गुमाएर १३५ रन बनाएको छ । मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस