झापा । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पर्सा वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ
झन्डै सात किलो गाँजासहित विमानस्थलबाट एक जना पक्राउ
सुनसरी गोली प्रकरण : २ आरोपित पक्राउ
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ