काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना भएको छ । दुई समुदाय बीचको झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो ।
विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो । आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए ।
राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका -याली, बन्द लगायतका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए ।
शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए कानुनको दायरामा ल्याइ कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता प्रजिअ गणेश अर्यालले जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना
कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…
जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमै सर्वोत्कृष्ट