अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाबारे राष्ट्रसङ्घको प्रतिक्रिया– अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको सम्मान होस्

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १३ : २६
अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाबारे राष्ट्रसङ्घको प्रतिक्रिया– अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वको सम्मान होस्

काठमाडौँ। काबुल– संयुक्त राष्ट्रसङ्घले बुधबार अफगानिस्तानमा दर्जनौँ मानिसहरूलाई सामुहिक कुटपिट गरिएको भन्दै तालिबान अधिकारीहरूलाई यो अभ्यास अन्त्य गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (यूएनएएमए)ले उत्तरी सारिपुल प्रान्तमा मङ्गलबार करिब ६३ जनालाई कोर्रा प्रहार गरी सार्वजनिक रूपमा कुटपिट गरिएको जनाएको छ ।

‘यूएनएएमएले शारीरिक दण्डको निन्दा गर्दछ र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरूको सम्मान गर्न आह्वान गर्दछ,’ मिसनले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।सन् २०२१ अगस्टमा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले इस्लामिक कानून शरियाको पुनः व्याख्या गरेका छन् ।

जनताले सार्वजनिक मृत्युदण्ड र शारीरिक यातनाहरू भोगिरहेका छन् । चोरी, व्यभिचार र रक्सी सेवनजस्ता अपराधका लागि तालिबान सरकारले कोर्रा प्रहार  (कडा सजाय) गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस