काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको बताएका छन् । मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । तर व्यवस्था पनि बदलियो र अवस्था पनि बदलियो’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो निरपेक्ष गरिबीको रेखामुखी ४२ प्रतिशत जनता थिए । थोरै होटल थिए । बाटोको अवस्था कस्तो थियो हिजो ? पुराना मानिसले त देखेकै छ, हिजो ललितपुर कहाँ थियो काठमाडौँ कहाँ थियो कहाँ पुग्यो ?
जनताको आम्दानीको स्तर र व्यवसायकोस्तर बढेपनि सबैले काम नपाएको अवस्था सत्य रहेको भन्दै प्रधानमन्त्रीले आम रूपमा देश र जनताको अवस्था हिजोकै जस्तो नभएको बताए । उनले उत्तरदायी र जिम्मेवार सरकार अहिले बनेको भन्दै पहिलाको जस्तै कर उठाउन मात्र यो सरकार नबनेको बताए ।
‘विकृतिहरूलाई हटाउने र राम्रो कल्चर भएको थिति बसाल्ने हो सरकारले, शासन होइन सेवा दिने हो सरकारको काम’, उनले भने, ‘८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ ।
उनले स्वास्थ्य बीमा व्यवस्थित बनाउने, सामाजिक सुरक्षाका क्षेत्रमा कोही पनि सामाजिक सुरक्षाबाट वञ्चित हुन नदिन योगदानका आधारमा उक्त कार्यक्रम अघि बढिरहेको बताए ।
उनले तत्कालीन आर्थिक अवस्था नाजुक रहेकाले त्यसलाई सुधार गर्नेतिर सरकार लागिरहेको बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफू कठोर रूपमा प्रस्तुत हुने भन्दै प्रधानमन्त्रीले जनताका सेवकहरूले देश र जनताको हितमा काम गर्नुपर्ने बताए । ‘हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ । घमण्ड पलाउनु हुँदैन । घमण्ड मस्तिस्कमा पसेपछि अरु केही पस्न सक्दैन’, प्रधानमन्त्रीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना सम्बन्धी निवेदनको सुनुवाइ आज हुँदै
अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छः प्रधानमन्त्री ओली
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री ओली
मानिस बिरामी नै हुन नपरोस् भनेर व्यापक प्रयास गरिन्छ : प्रधानमन्त्री
नागरिक एपले सुशासनमा ठूलो योगदान गरेको छ : प्रधानमन्त्री ओली