चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन् । शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताएका हुन् ।
केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ, उपप्रधानमन्त्री सिंहले भने, “व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ ।” परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको उनले बताए ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री सिंहले नेशनल सिटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १५ : १४
लेखकबाट थप