नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०८१, १३ : ५१
नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता

काठमाडौँ ।  नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीलाई काठमाडौंको डिल्लीबजारमा रहेको सिद्धि पोली प्याथ ल्याब प्रालीद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी एवम् सेवाग्राहीले सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका कर्मचारी एवम् सेवाग्राहीले क्लिनिकबाट प्रदान गरिने बायोकेमिस्ट्री, हेमाटोलोजी, इन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, सङ्क्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्स प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको परीक्षण, डिजिटल एक्स-रे, अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस